×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले कार्तिक ६ गते बोलायो २२औँ वार्षिक साधारणसभा, के-के छन् एजेण्डा ?

PRIME CA

माछापुच्छ्रे बैंकले कार्तिक ६ गते बोलायो २२औँ वार्षिक साधारणसभा, के-के छन् एजेण्डा ?

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं। माछापुच्छ्रे बैंकले २२ औँ वार्षिक साधारणसभा कार्तिक ६ गते बोलाएको छ । बैंकले पोखराको होटल पोखरा ग्राण्ड, पार्दि पोखर, कास्कीमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

साधारणसभामा बैंकले ७.०३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेस गर्ने भएको छ । साथै, बोनसमा लाग्ने करसहित ३.७३ प्रतिशत नगद दिने प्रस्ताव पनि पेस गर्ने भएको छ । त्यस्तै, सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्तावलाई पारित गर्दै छ ।

साथै, बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक सबै काम अगाडि बढाउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: