×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंक र आयाम इन्टरकन्टिनेन्टल प्रा.लिबीच सम्झौता, फोर्स मोटर्सकाे गाडी किन्न बैंकले ७५%सम्म फाइनान्स सुविधा दिने

PRIME CA
GLOBAL IME BANK

माछापुच्छ्रे बैंक र आयाम इन्टरकन्टिनेन्टल प्रा.लिबीच सम्झौता, फोर्स मोटर्सकाे गाडी किन्न बैंकले ७५%सम्म फाइनान्स सुविधा दिने

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । फोर्स मोटर्सकाे गाडी किन्न माछापुच्छ्रे बैंकले ७५ प्रतिशतसम्म फाइनान्स सुविधा दिने भएकाे छ । जसकाे लागि फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. र माछापुच्छ्रे बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
बिहीबार एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुवबहादुर थापा र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख दीनेश दवाडीले हस्ताक्षरण गरेका छन् ।
आयामले बिगत ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु बिक्री वितरण गरिरहेको छ । काठमाडौं, हेटौंडा, पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छन् भने नेपालका विभिन्न शहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री वितरण भइरहेको र बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने हिमालय अर्गनाइजेसन र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले बताए ।
फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकलाई बैंकले देशभरका शाखाबाट सहज रुपमा ७५ प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने बैंकका प्रदेश प्रमुख दिनेश दवाडीले बताए । हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने शाखा प्रवन्धक प्रदीप श्रेष्ठले बताए ।
धेरै सिट क्षमता, इन्जिनको वारेन्टी ३ वर्ष वा ३ लाख किमी, मर्सिडिज इन्जिनको लाइसेन्स प्राप्त लगायतका विशेषताले फोर्स मोटर्सप्रति ग्राहकको आकर्षण बढेको निर्देशक निरन केसीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: