×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको १०.४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माछापुच्छ्रे बैंकको १०.४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Artha Sarokar

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । माछापुच्छ्रे बैंकको १०.४०% लाभांश हात पर्ने आज (असोज २१ गते) अन्तिम दिन रहेको छ । बैंकले सभा प्रयोजनको लागि बिहीबार (असोज २२ गते) बुक क्लोज गर्ने भएको छ । 
बैंकको २२ औं वार्षिक साधारणसभा कात्तिक ६ गते होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी