Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकबाट पैसा लुट्न खोज्ने १ व्यक्ति पक्राउ, पक्राउ पर्नेबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
दमौली । माछापुच्छ्रे बैंकको एटिएमबाट पैसा लुट्न खोज्ने १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ हुन् ।

व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

‘निजका साथबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरेका छौं । उनीविरुद्ध विहीबार तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरिएको छ ।” तिमिल्सिनाले भने ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK