×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधुवन नगरपालिकाका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, नगरपालिका एक साताका लागि सिल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मधुवन नगरपालिकाका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, नगरपालिका एक साताका लागि सिल !

Artha Sarokar

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बर्दिया । मधुवन नगरपालिका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मधुवन नगरपालिकाको कार्यालय एक साताका लागि सिल गरिएको छ । नगरपालिकाको क्‍वारेन्टाइन लगायत विभिन्‍न ठाउँमा शनिबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार साहले तीन कर्मचारीमा कोरोना संक्रमित पुष्टि भएपछि एक साताका लागि कार्यालय सिल गरिएको बताए । बजार,वित्तीय संस्था,यातायात लगायत अत्यावश्यक खुल्ला रहने बताउँदै कात्तिक २ गतेदेखि कार्यालय सञ्चालनमा आउने उनले बताए ।
जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ८ सय ३ पुगेको छ । कोरोना संक्रमणबाट ६ सय जना निको भएर घर फर्केका छन् । हालसम्म जिल्लमा कोरोनाबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । जिल्लाको विभिन्न क्वारेन्टाइनमा ५ सय ७५ जना छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी