×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकवानपुरमा एकाबिहानै थपिए ५८ जना कोरोना संक्रमित, संक्रमितको संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

मकवानपुरमा एकाबिहानै थपिए ५८ जना कोरोना संक्रमित, संक्रमितको संख्या कति पुग्यो ?

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

हेटौडा । बिहिबार मकवानपुरमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हेटौंडा उपमहानगरपालिका १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । प्रादेशिक अस्पतालका अनुसार संक्रमण हुनेमा ३८ पुरुष र २० महिला रहेका छन् । 
संक्रमित धेरैजसो हेटौंडा उपमहानगरपालिकाकै व्यक्ति रहेको जिल्ला स्वास्थ्य कार्यालय, मकवानपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार केही मात्रै छिमेकी जिल्लाको रहेका छन् । योसँग मकवानपुरमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ६८ पुगेको छ । यसमध्ये एक हजार तीन सय ४९ जना निको भइसकेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी