
- अर्थ सरोकार सम्बाददाता
मकवानपुर । मकवानपुरमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित १२५ जनामध्ये ११७ जना हेटौंडा उपमहानगपालिकाभित्रका रहेका छन् । वाग्मती गाउँपालिकाका १४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौंडा बसोबास गर्ने अन्य जिल्लाका ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका ५१ जना महिला र ६६ जना पुरुषमा कोरोना पुष्टी भएको हो । वाग्मती गाउँपालिकाका ६ महिला र ८ पुरुष रहेका छन् । मकवानपुरगढी गाउँपालिकाका १ जना महिला र जिल्ला बाहिर ठेगाना भएका ३ जना पुरुषमा पनि कोरोना पुष्टी भएको छ । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्