×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खसीबोका प्रतिकेजी ५६० रुपैयाँमै पाइने, सरकारले तोक्यो मूल्य !

LAXMI SUNRISE BANK

खसीबोका प्रतिकेजी ५६० रुपैयाँमै पाइने, सरकारले तोक्यो मूल्य !

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (सोमबार)बाट खसीबोकाको बिक्री खुल्ला गरेको  छ । थापाथलीमा रहेको कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको हो । कम्पनीले बिहान ८.०० बजेदेखि बेलुका ४.३० बजेसम्म खसीबोका बिक्री गर्ने तालिका बनाएको हो ।
यसका लागि दाङ र मकवानपुरबाट खसीबोका काठमाडौं ल्याएर बजार मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरिएको छ । निर्धारित प्रतिकिलो मूल्यमा १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । बिक्री गर्ने खसीबोका पहिलो चरणमा दाङबाट २ सय र मकवानपुरबाट २ सय ५ गरी ४ सय ५ वटा खसीबोका काठमाडौं ल्याइएको छ । 
यसपालिको दशैंमा १ हजार खसीबोका बिक्री गर्ने तयारी छ । हरेक वर्ष दशैंमा सरकारले यसरी खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी