×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा.केसीका प्रतिनिधि र सरकारी टोलीबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता जारी, के निर्णय होला ? (भिडियो)

PRIME CA

डा.केसीका प्रतिनिधि र सरकारी टोलीबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता जारी, के निर्णय होला ? (भिडियो)

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज (बिहीबार) सिंहदरबारमा वार्ता भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधि बिच आज वार्ता भइरहेको छ । 
डा. केसीसँग वार्ता गर्नका लागि सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहनुभएको छ । सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । 
वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहनुभएको छ । चिकित्सा शिक्षा सुधारकालागि विभिन्न मागहरु राख्दै डा. केसीले भदौ २९ गते देखि जुम्लाबाट अनशन शुरु गर्नुभएको थियो । डा. केसीले आमरण अनशन शुरु गरेको आज २५औं दिन पुगेको छ । हेर्नुहोस् भिडीयो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: