
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह तर्फका गरी कूल ५५ कर्मचारीको दरबन्दी रहे पनि हाल ३४ जनामात्र कर्मचारी कार्यरत छन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा थोरै कर्मचारीले कार्यालयको सबै काम सम्पादन गनुपर्दा समस्या भएको मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार हाल इन्जिनीयरतर्फ विभिन्न सेवा, समूह र उपसमूहमा गरी १६, शाखा अधिकृत तीन, सिनियर डिभिजन इन्जिनीयर (सिभिल) एक र उपसचिव (सामान्य प्रशासन) तर्फ एक गरी कूल २१ कर्मचारी रिक्त छन् । प्रदेश लोक सेवा आयोगसँग थप कर्मचारीको व्यवस्थापनका लागि माग गरिएको मन्त्रालयले जनाएको छ । यद्यपि तत्कालका लागि करारमा भए पनि केही कर्मचारी माग गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्