×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौसम : बिहिबार पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना

LAXMI SUNRISE BANK

मौसम : बिहिबार पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार (आज) पश्चिम नेपालबाट मनसुन बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् । निक्कै कमजोर अवस्थामा पुगेको मनसुन आज पश्चिम नेपालबाट बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरिबाटै बाहिर हट्न भने अझै केही दिन लाग्नेछ । पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ ।
सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ । यो वर्ष पनि दुई दिन ढिला नेपाल प्रवेश गरेको मनसुन आज पश्चिमबाट बाहिरिए पनि देशभरिबाटै बाहिरिन भने अझै केही दिन लाग्ने मौसमविद्को भनाइ छ । महाशाखाका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै तथा अरु प्रदेशका एकरदुई ठाउँमा हल्का पानी पर्ने संभावना छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी