×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

PRIME CA

मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ । मृतकको गएको शनिबार सङ्क्रमण पुष्टी भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज (मंगलबार ) मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो । योसँगै नेपालमाा कोरोनाले मृत्यु हुनेको संख्या ६४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले सक्रिय संक्रमित ३३ हजार आठ सय ८० छन् । 
मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ भने कोरोनाकै कारण ६४५ जनाको मृत्यु भइसकेको छ । कोरोनाको विषयमा मन्त्रालयले दैनिक दिउँसो ४ बजे औपचारिक जानकारी दिँदै आएको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा चार हजार ४७ जनामा संक्रमण पुष्टी भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: