×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोरङ र महोत्तरीका दुई जना कोरोना संक्रमितको मृत्यु

GLOBAL IME BANK
SHREE KESH

मोरङ र महोत्तरीका दुई जना कोरोना संक्रमितको मृत्यु

२८ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

मोरङ । कोरोना भाईरसको संक्रमणबाट मोरङ र महोत्तरीका एकरएक जनाको मृत्यु भएको छ। मोरङको बूढीगङ्गा गाउँपालिका–३ का ६० वर्षीय र महोत्तरीको पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय पुरुषको मृत्यु भएको हो। कोरोना सङ्क्रमित मोरङका पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । 
बुढीगङ्गास्थित् शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो । उनलाई १५ असोजमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगका बिरामी थिए। 
यस्तै महोत्तरीका युवकमा मिर्गौलाको समस्या थियो । उनलाई २२ असोजमा भक्तपुरस्थित् मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचारका लागि भर्ना गरिएको थियो। उनलाई २६ असोजमा कोरोना पुष्टी भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: