×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ क्यापिटलले बोलायो कात्तिक २७ गते वार्षिक साधारणसभा, के-के छन् एजेण्डा ?

PRIME CA

मुक्तिनाथ क्यापिटलले बोलायो कात्तिक २७ गते वार्षिक साधारणसभा, के-के छन् एजेण्डा ?

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । मुक्तिनाथ क्यापिटलले वार्षिक साधारणसभा कात्तिक २७ गते बोलाएको छ । कम्पनीको उक्त सभा टाइम्स स्क्वायर रेष्टुरेण्ट बालुवाटार, काठमाडौंमा बिहान १०:३० बजेबाट सुरू हुने भएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा समेत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: