×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १२.४७ अंकले बढ्यो सेयर बजार, १ अर्व २४ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK

मंगलबार १२.४७ अंकले बढ्यो सेयर बजार, १ अर्व २४ करोडमाथिको कारोबार

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा बजार १२.४७ अंकले बढेर १५८२.८४ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको ४९ लाख १३ हजार ४९७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २४ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको प्रोमोटर सेयरको भएको छ । यस कम्पनीको कुल ४ करोड २ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अपि पावर र हाइड्रोइलेक्ट्रीसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको कारोबार भएको छ ।
यता मंगलबारको कारोबारमा सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जनरल इन्स्योरेन्स र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स र रिलायन्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी