
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार १.७२ अंकले बढेर १५७८.०१ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ६८ लाख १५ हजार ७१० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९४ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार मुक्तिनाथ विकास बैंकको भएको छ । यस कम्पनीको कुल १६ करोड ५० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अरुण भ्याली हाइड्रोपावर र कामना सेवा विकास बैंकको भएको छ ।
यता, आइतबारको कारोबारमा बैंकिङ्ग, व्यापार, होटल्स, विकास बैंक र माइक्रोफाइनान्स उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सबैको लघुवित्त वित्तीय संस्था र रिडी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्