×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करका दर र अन्तशुल्क घट्दा व्यवसायीहरु थप उत्साहित, डाउनपेमेन्टलाई १०% मा कायम सरकारलाई आग्रह ! (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

करका दर र अन्तशुल्क घट्दा व्यवसायीहरु थप उत्साहित, डाउनपेमेन्टलाई १०% मा कायम सरकारलाई आग्रह ! (भिडियो)

Artha Sarokar

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागत योग्य कदम भनेका छन् । सरकारले गरेको करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित गई कार्यान्वयनमा आइसकेको छ । 
खासगरी विद्युतिय सवारीसाधनमा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अन्तशुल्क बढाउने निर्णय गरेको थियो । तर बिहीबार फेरी अन्तशुल्क घटाउने निर्णय गरेपछि अटोमोबाइल्स व्यवसायीहरुले पनि स्वागत योग्य भनेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतिय सवारीसाधनमा अन्तशुल्क घटाउनु स्वागत योग्य भएको बताउनुभयो । 
यस्तै सवारीसाधन खरिदमा न्यूनतम ५० प्रतिशत डाउनपेमेन्ट गर्ने व्यवस्थालाई पनि सरकारले घटाइदिनुपर्ने उहाँले बताउनुभयो । सवारी साधनको डाउनपेमेन्टलाई ५० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गर्ने व्यवस्था गरिदिन पनि सरकारसँग आग्रह समेत गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्तशुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढने बताउनुभयो । अन्तशुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढने हुँदा राजस्व पनि बढ्ने उहाँको भनाई छ । त्यस्तै कर घटाउँदा कम मूल्यमा वस्तु विक्री गर्न सक्ने भएकाले उत्पादन पनि बढ्न जाने र त्यसबाट रोजगारी बढने भएकाले राजस्वमा स्वतः वृद्धि हुने श्रेष्ठले बताउनुभयो ।
व्यवसायीहरुले आयातित वस्तुको अन्तशुल्क घटाउनु सकारात्मक भएपनि भन्सार प्रक्रियामा सुधारको आवस्यकता रहेको बताएका छन् । खासगरी भ्याट फिर्ता लगायतका विषयमा अझैपनि प्रक्रिया नमिल्दा लागत बढ््न गई उपभोक्तालाई मूल्यमा मार परेको व्यवसायीहरुको तर्क छ । जसका कारण देशमा राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको पनि व्यवासयीहरुको भनाई छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी