Skip to content
LAXMI SUNRISE BANK

हेटौंडाका जितबहादुरले होटलमा टन्न खाए, पसलको उधारो तिरे, तर दिए नक्कली नोट ! रहस्य बाहिरिएपछी प्रहरी नै तीनछक !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । दशैंको भिडभाडमा नक्कली कारोबारी सल्बलाएका छन् । १ सयको समान किनेर हजारको नोट साट्ने र जनता ठग्दै गरेको थाहा भएपछी जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार नक्कली नोटसहित  मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चनलाई पक्राउ गरेको  छ । प्रहरीले राप्ती नगरपालिका–५ चौकीडाँडाबाट मङ्गलबार उनलाई पक्राउ गरी बिहिवार सार्वजनिक गरेको हो ।

प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यसरी जनता ठग्दै हिड्ने लोप्चनको साथबाट एक हजारको १२ थान नक्कली नोट बरामद गरिएको छ ।  होटलमा खाजा खाएर तिरेको एक हजार र बर्तौला किराना पसलमा तिरेको छ हजारसमेत नक्कली रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आखिर कसरी चिन्ने त नक्कली नोट र सक्कली नोट ? हेर्नुहोस् यो भिडियो !
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK