Skip to content
LAXMI SUNRISE BANK

नगर प्रमुखलाई कोरोना लागेपछि बर्दघाट नगरपालिकाका सेवा बन्द, स्वास्थ्यस्थिति सामान्य !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

परासी । नगर प्रमुखलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो । 
नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कका कर्मचारी तथा जनप्रतिनिधिको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षण नतिजा नआउँदासम्म नगरपालिकाका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिए । 
वडा नं ४ को वडा कार्यालयबाहेक नगरपालिका मातहतका अन्य वडा कार्यालय, स्वास्थ्य सेवालगायत भने यथावतै रहने नगरपालिकाले जनाएको छ । प्रमुख बस्याल अहिले होम आइसोलेशनमा रहेको तथा स्वास्थ्यवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK