×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवलपरासीको सीमा क्षेत्रमा नेपालीको ओहोरदोहोर बढ्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नवलपरासीको सीमा क्षेत्रमा नेपालीको ओहोरदोहोर बढ्दै

Artha Sarokar

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को सीमासँग जोडिएका भारतीय बजारमा नेपालीको आवातजावत बाक्लिएको छ । कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले मूख्य नाका बन्द गरेको भए पनि सहायक बाटो र खेतको बाटो भएर किनमेलका लागि भारतीय बजार ओहोरदोहोर भइरहेको छ । दैनिक उपभोग्यलगायत चाडपर्वका लागि आवश्यक सामान किनमेल गर्न नेपालीहरु कोरोना भाइरसको जोखिमलाई बेवास्ता गर्दै सस्तो पाइने लोभमा भारतीय बजार पुग्ने गरेका छन् । सीमासँग जोडिएका नजिकका भारतीय बजारमा अहिले किनमेल गर्ने नेपालीको घुइचो लाग्ने गरेको छ ।
सामान किनमेल गर्ने तथा नाता सम्बन्धका कारण पनि सीमा क्षेत्रका बासिन्दा दैनिक जसो नै ओहोरदोहोर गर्ने गरेका छन् । औषधी उपचार गर्नसमेत नेपाली नजिकका भारतीय बजारमै जाने गर्छन् । चाडपर्वमा लत्ताकपडा तथा दैनिक उपभोग्य सामान किन्न, जिल्लाको सुनवल, बर्दघाट, भूमही, परासीसहित नवलपुर र नारायणगढबाट समेत गाडी नै रिर्जभ गरी मानिसहरु किनमेलका लागि भारतीय बजार ठूटीबारी आउने गरेका सीमा क्षेत्र महेशपुरका स्थानीय धु्रवनारायण बानियाँले जानकारी दिनुभयो ।-रासस 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी