×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

LAXMI SUNRISE BANK

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

६ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका रहेको छ । नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्ममा आवेदन दिन सकिनेछ । 
कम्पनीले असोज २ गतेबाट प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँ भाउ राखेर सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी