×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल क्लियरिङ हाउसको २ लाख ९८ हजार ८० कित्ता संस्थापक सेयर बिक्री खुल्ला, आवेदन दिन कहाँ जाने ?

PRIME CA
GLOBAL IME BANK

नेपाल क्लियरिङ हाउसको २ लाख ९८ हजार ८० कित्ता संस्थापक सेयर बिक्री खुल्ला, आवेदन दिन कहाँ जाने ?

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल क्लियरिङ हाउसको २ लाख ९८ हजार ८० कित्ता संस्थापक सेयर आज (मंगलबार, असोज २० गते)देखि बिक्री खुला भएको छ । स्मार्ट च्वाइस लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेको हो । 
कम्पनीको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ रहेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर त्यस भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
यो सेयर खरिदका लागि क्लियरिङ हाउसका संस्थापकहरु, राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय संस्थाहरु व सरकारी स्वामित्व रहेको विशेष ऐनद्धारा स्थापित वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् । असोज २४ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसारमार्ग काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: