×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल ल्यूव आयलको १० प्रतिशत लाभांश हात पर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

PRIME CA
GLOBAL IME BANK

नेपाल ल्यूव आयलको १० प्रतिशत लाभांश हात पर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश पारित गर्नको लागि बिहीबार (असोज २२ गते) देखि सभा हुने दिनसम्म बुकक्लोज गर्ने भएको छ । यसअनुसार लाभांश प्राप्त गर्नको लागि बुधबार (आज)सम्ममा सेयरधनी बनिसक्नुपर्नेछ। 
कम्पनीको बार्षिक साधारण सभा कात्तिक ५ गते संस्थाको कार्यालय झम्सिखेल ललितपुरमा बिहान ११.३० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा कम्पनीले हालको जारी पुँजी ३ करोड रुपैयाँबाट बढाएर ५ करोड पुर्याउने एजेन्डा पनि पेश गर्दैछ । आर्थिक वर्ष २०७६/७७ को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: