Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने जानकारी दिएको हो । 
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको दुई सय ७३ दिने मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब एक करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ गरी कूल १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।बैंकले उक्त रकम २०७७ कात्तिक २ गतेदेखि २०७८ साउन ३२ गतेसम्म २ सय ७३ दिनका लागि मुद्दती निक्षेप राख्न लागेको हो ।
निक्षेप लिन चाहन ईच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी कात्तिक १७ गते ३ः३० बजेभित्र शिलबन्दी प्रस्ताव पेश गनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK