×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार २०.६१ अंकले बढ्यो सेयर बजार, हाइड्रोपावर र म्युचुअल फण्डबाहेक सबै उपसुचकमा हरियाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहिबार २०.६१ अंकले बढ्यो सेयर बजार, हाइड्रोपावर र म्युचुअल फण्डबाहेक सबै उपसुचकमा हरियाली

Artha Sarokar

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार २०.६१ अंकले बढेर १५७१.०४ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ८० करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार बैंक अफ काठमाण्डूको भएको छ । यस कम्पनीको कुल ११ करोड २४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : शिखर इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको भएको छ ।
यता, बिहिबारको कारोबारमा हाइड्रोपावर र म्युचुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र कामनासेवा विकास बैंकको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै माउन्टेन्ट हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी