- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा बजार १३.३७ अंकले घटेर १५७६.२७ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ३९ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अरुण नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १० करोड ६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अपि हाइड्रोपावर रअरुण भ्याली हाइड्रोपावरको भएको छ ।
यता, आइतबारको कारोबारमा फाइनान्स उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै आइसीएफसी फाइनान्स र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै अपि हाइड्रोपावर र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।