×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १३.९४ अंकले बढ्यो सेयर बजार, १ अर्व ६३ करोडमाथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार १३.९४ अंकले बढ्यो सेयर बजार, १ अर्व ६३ करोडमाथिको कारोबार

Artha Sarokar

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार १३.९४ अंकले बढेर १५९७.७१ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९२ कम्पनीको ५५ लाख ९ हजार ४४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ६३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ । यस कम्पनीको कुल २४ करोड २९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : कुमारी बैंक र नेपाल बैंकको कारोबार भएको छ ।
यता बुधबारको कारोबारमा होटल्स, हाइड्रोपावर, फाइनान्स र म्यनुफक्चार एण्ड प्रोडक्सन उपसुचक बढेको छ भने बाँकि सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जनरल इन्स्योरेन्स र नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी