
- अर्थ सरोकार सम्बाददाता
नेपालगन्ज । बाँके प्रहरीले बुधबार राति नेपालगन्जबाट दस जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार राति नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क क्षेत्रको एक घरमा जुवा खेलिरहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय रुपैयाँसहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । पक्राउ पर्नेमा बाँकेका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही अघि बढाइने प्रहरी उपरीक्षक रानाले बताए । सामूहिक रुपमा ठूलो धनराशि बाजी राखेर हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्