×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा. केसीले राखेका मागमा नेपाली कांग्रेसको एकवद्धता, तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्नेमा जोड ! (भिडियो)

PRIME CA
GLOBAL IME BANK

डा. केसीले राखेका मागमा नेपाली कांग्रेसको एकवद्धता, तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्नेमा जोड ! (भिडियो)

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै एकवद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ती जारी गरिसकेको बताउनुभयो । तरपनि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी एकवद्धता जनाउने तयारी भइरहेको उहाँले बताउनुभयो । 
तर कोरोना संक्रमण जोखिमका कारण भोली (सोमबार) बस्ने भनेको केन्द्रीय कार्य समितिको बैठक बस्ने–नबस्ने सम्बन्धमा आजै पार्टीले निर्णय गर्ने पनि उहाँले बताउनुभयो । कार्यसमिति बस्नु अघि आज (आइतबार)का बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उहाँले बताउनुभयो । केन्द्रीय कार्यसमिति बैठक बस्ने नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुनेपनि उहाँले स्पस्ट पार्नुभयो । 
डा. गोविन्द केसीले विगत देखि नै जायज माग राख्दै आउनुभएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पुरा हुने पनि उहाँले बताउनुभयो । पछिल्लो समय पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राख्नुभएकाले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने उहाँको भनाई छ ।
संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताउनुभयो । यद्दपी जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद अधिवेशन चलाुनुपर्ने उहाँले बताउनुभयो । विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने पनि उहाँले बताउनुभयो । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्नेपनि प्रवक्ता शर्माले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: