×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार झिनो अंकले बढ्यो बजार, १ अर्व ४२ करोडमाथिको कारोबार

PRIME CA
GLOBAL IME BANK

बिहिबार झिनो अंकले बढ्यो बजार, १ अर्व ४२ करोडमाथिको कारोबार

२९ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको छ । बुधबारको तुलनामा बजार १ दशमलव २९ अंकले बढेर १५६२.४६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९६ कम्पनीको ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४२ करोड ५८ लाखमाथिको कारोबार भएको छ । आज सबैभन्दा नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । शिव्म सिमेन्ट्सको ६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल फाइनान्सका लगानीकर्ताले आज ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, जनरल इन्स्योरेन्स लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले गुमाएका छन् भने आँखु खोला हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ०८ प्रतिशतका दरले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: