×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार नेप्से ९.४२ अंकले घट्यो, १ अर्व ८१ करोड ९६ लाखमाथिको कारोबार !

PRIME CA

मंगलबार नेप्से ९.४२ अंकले घट्यो, १ अर्व ८१ करोड ९६ लाखमाथिको कारोबार !

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार ९.४२ अंकले घटेर १५६८.५९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८१ करोड ९६ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार  अरुण काबेली पावरको भएको छ । यस कम्पनीको कुल ११  करोड २६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकको कारोबार भएको छ ।
यता मंगलबारको कारोबारमा व्यापार, म्यनुफ्याक्चार एण्ड प्रोडक्सन र म्युचुअल फण्ड उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै ज्योति विकास बैंक, लक्ष्मी उन्नति कोष र युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पन्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: