×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि कन्ट्याक्ट ट्रेसिङमा परे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्सेका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि कन्ट्याक्ट ट्रेसिङमा परे

Artha Sarokar

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । नेप्सेमा कार्यरत ४० जना कर्मचारीहरुको गत आइतबार पीसीआर परीक्षण गरिएकोमा थप एक जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । बाँकी सबै कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
केही साताअघि नेप्सेका एक अधिकारीलाई कोरोना संक्रमण भएपछि अन्य कर्मचारीको पनि कोरोना परिक्षण गरिएको हो । कोरोना पुष्टी भएका ती कर्मचारी नेप्से प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको सचिवालयमा कार्यरत कर्मचारी हुन् । 
नेप्सेमा प्रमुख कार्यकारी अधिकृतको सचिवालयका ती अधिकारीलाई कोरोना संक्रमण भएपछि प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी