
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा १.७८ अंकले घटेर १६४५.६३ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९२ कम्पनीको १ करोड ३ लाख ६५ हजार ६०७ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार प्राइम बैंकको भएको छ । यस कम्पनीको कुल २० करोड ६५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : प्रभु बैंक र एनएमबि बैंकको कारोबार भएको छ ।
यता बिहिबारको कारोबारमा बैंकिङ्ग, होटल, विकास बैंक, फाइनान्स, म्यानुफक्चार एण्ड प्रोडक्सन र मुतुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै शिव श्री हाइड्रोपावर र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्