×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १४.६८ अंकले बढ्यो बजार, ३ अर्व ३५ करोडमाथिको कारोबार

PRIME CA
GLOBAL IME BANK

बुधबार १४.६८ अंकले बढ्यो बजार, ३ अर्व ३५ करोडमाथिको कारोबार

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार १४.६८ अंकले बढेर १६००.९७ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९५ कम्पनीको १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ३५ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको कुल ११ करोड २९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अरुण भ्याली हाइड्रोपावर र सानिमा माई हाइड्रोपावरको भएको छ ।
यता, बुधबारको कारोबारमा म्यानुफक्चार एण्ड प्रोडक्ट र माइक्रोफाइनान्स उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै सनजेन जलबिधुत र कर्णाली डेभलपमेन्ट बैंकको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै लक्ष्मी इक्युती फण्ड र महिला सहयात्री माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: