- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना पुष्टि भएपछि बिहिबार (आज) देखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि बन्द गरिएको एन्फाले जनाएको छ ।
कार्यालय ७२ घण्टासम्म नि-सङ्क्रमण गर्न लागिएको एन्फाले निकालेको सूचनामा उल्लेख छ ।सङ्क्रमितको सम्पर्कमा आएका कर्मचारीलाई एक हप्ता होम क्वरेण्टीनमा बस्न भनिएको छ ।