×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंको मुखमा एनआईसी एशिया बैंकले दियो ग्राहकलाई खुसी, झापाकी शोभा कुमारीले यसरी पाइन् बैंकको साथ…

अर्थ सरोकार

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार

PRIME CA

दशैंको मुखमा एनआईसी एशिया बैंकले दियो ग्राहकलाई खुसी, झापाकी शोभा कुमारीले यसरी पाइन् बैंकको साथ…

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत औषधी उपचार बापतको बीमा रकम भुक्तानी गरेको छ । बैंकको झिलझिले शाखामा सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेकी झापा शिवसताक्षी-०९, दुधेकी शोभा कुमारी बजगाईंको खुट्टाको अप्रेसन गरेबापत बैकले सो उपचारको जिम्मेवारी बहन गर्दै ५७८५५ भुक्तानी गरेको हो । 
बैंकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको हो । बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्नसक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले अतुलनीय बीमा सुविधा प्रदान गर्दै आएको छ । अतुलनीय फाइदाले भरिपूर्ण यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख ९अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजारसँगै विभिन्न निःशुल्क सुविधाहरूसमेत ग्राहकले पाउन सक्नुहुनेछ । 
सो सुविधाबाट ग्राहकहरूलाई फाइदा पुग्ने बैंकले जनाएको छ । यस्ता सुविधाहरू भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहकहरू समक्ष निकै नै लोकप्रिय बनेको बैंक को दाबी छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बचत खातामा नै बीमा सुविधा ग्राहकमाझ ल्याउदै आएको छ । 
बैंकले मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । २२ लाख भन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: