×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरक क्षमताका महिलाको संरक्षण हुने गरी कोभिड प्रतिकार्यका काम गर्न सरकारलाई संसदीय समितिको निर्देशन ! (भिडियो)

PRIME CA

फरक क्षमताका महिलाको संरक्षण हुने गरी कोभिड प्रतिकार्यका काम गर्न सरकारलाई संसदीय समितिको निर्देशन ! (भिडियो)

अर्थ सरोकार

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । संसदीय समितिले फरक रुपले सबल अपाङ्गता भएका महिलाहरुको संरक्षण हुनेगरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ । कोभिडले अपाङ्गता भएका महिलाहरुको रोजगारी र आय आर्जनमा देखिएको समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको छ । संसदको महिला तथा सामाजिक समितिले फरक रुपले सबल महिलाको जीवनयापन सहज हुने गरी नीति बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको सभापति निरुदेवी पालले बताउनुभयो । 
तीन वटै तहले प्रभावकारी समन्वय गरी त्यस्ता महिलाहरुको बृहत्तर हित प्रवद्र्धन र संरक्षण हुनेगरी कोभिड प्रतिकार्यका काम सम्पादन गर्न समितिले निर्देशन दिएको हो । वि.स. २०६८ को जनगणना अनुसार १ दशमलव ९४ प्रतिशत अपङ्गता भएका व्यक्तिहरु रहेकोमा कोभिडका कारण त्यो समूह भित्र पर्ने महिलाहरु बढी प्रभावित भएको समितिको ठहर छ । समितिले कोभिडले महिलाहरुको दैनिक जीवनयापनमा अवरोध देखा परेकाले अत्यावश्यक सेवा र जनस्वास्थ्य सेवाको नियमित उपलब्धताको सुनिश्चित हुनेगरी नीति बनाउन पनि समितिले भनेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: