Skip to content
LAXMI SUNRISE BANK

नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

विराटनगर । कोरोनाबाट नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जनाको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो ।
कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो भने सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए । 
मबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका कानेपोखरी ती पुरुषलाई ज्वरोको पनि समस्या थियो । यस्तै छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचाका ४५ वर्षीय पुरुषमा मधुमेहको पुरानै समस्या थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK