×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले १८ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्दै, बोलकबोलमा सर्वसाधारण नागरिकसमेत सहभागी हुन पाउने !

PRIME CA

राष्ट्र बैंकले १८ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्दै, बोलकबोलमा सर्वसाधारण नागरिकसमेत सहभागी हुन पाउने !

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्ष अवधिका लागि १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । भोलि (मंगलबार) जारी हुने उक्त ट्रेजरी बिल लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । उक्त ट्रेजरी बिल कात्तिक २३ गते परिपक्क हुनेछ । ९१ दिन अवधिको ८ अर्ब रुपैयाँको ट्रेजरी बिल पुस २८ गते परिपक्क हुनेछ । यस्तै १८२ दिनको लागि जारी गर्न लागेको २ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने चैत ३१ गते परिपक्क हुनेछ । 
१ वर्षको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: