×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन ग्लोबल नलेज सम्मेलन सुरु, संसारभर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्य ! (भिडियो)

PRIME CA

एनआरएन ग्लोबल नलेज सम्मेलन सुरु, संसारभर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्य ! (भिडियो)

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । गैह्र आवासिय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन आज (शुक्रबार)बाट सुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट सुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्शन’ आजदेखि तीन दिन सम्म सञ्चालन हुनेछ । देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउनेउद्देश्य सहित एनआरएनएले सम्मेलन आयोजना गरेको हो । 
सम्मेलनमा विश्वभरका एनआरएनहरुको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ले संसारभर छरिएर रहेका एनआरएनहरुको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गर्नुभयो । विदेशमा रहनुभएका एनआरएनहरुसँग विभन्न क्षेत्रमा लगानी गर्ने क्षमता रहेकाले लगानीसँगै ज्ञान र सीपलाई समेत नेपाल भित्र्याउन आग्रह गर्नुभएको हो । 
पछिल्लो समय कोभिडको महामारीका कारण अर्थतन्त्रमा चुनौति रहेकोले पनि देशको आर्थिक विकासका लागि सबै गैह्रआवासिय नेपालीको साथ आवस्यक रहेको उहाँले बताउनुभयो । नेपालको सहरी विकास, यातायात, रेल्वे, जलविद्युत, कृषि लगायतका क्षेत्रमा लगानी गर्न समेत मन्त्री नेम्वाङले आग्रह गर्नुभयो । बैदेशिक लगानीका लागि सरकारले कानून निर्माण गरिसकेकाले लगानी भित्र्याउन योगदान गर्नपनि आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागि भएका गैह्र आवासियन नेपालीहरुले सम्मेलनमार्फत विज्ञहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको उद्यम सिर्जना र नीति निर्माण जस्तो काममा लगाउन सहयोग पुग्ने बताएका छन् । खासगरी सम्मेलन सूचना प्रविधि, उर्जा, कृषि, यातायात, खाद्य तथा वातावरण लगायत स्वदेशी सरोकारका विषयमा केन्द्रीत हुने पनि उनीहरुले बताएका छन् । देशबाहिर रहेका नेपालीहरु विभिन्न क्षेत्रको विशेषज्ञको रुपमा विश्वस्तरका परियोजना र कम्पनीहरुमा काम गरिरहेको भएपनि तीनको पहिचान हुन नसक्दा नेपालमा ती सीप र ज्ञान भित्रिन नसकेकाले त्यसको उजागर गर्ने उद्देश्य समेत सम्मेलनले राखेको छ । सम्मेलन आज देखि आइतबार सम्म चल्नेछ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: