×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वान ग्लोब ट्राभल कम्पनीबाट दुबई घुम्न जाँदै हुनुहुन्छ ? होसियार ! कोरोना लाग्ला नि…यसरी फस्नुहोला नि…! (भाग-१)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विश्वभर कोरोनाको त्रास छ । विदेशमा अलपत्र परिरहेका नागरिकहरुलाई देश भित्र्याउनसमेत गाह्रो परिरहेको छ । पाइला पाइलामा भौतिक दुरी कायम गर्नुपर्ने स्थिति छ । तर यस्तो महामारीका बेला ‘कसलाई के धन्दा, घरज्वाईलाई खानको धन्दा भनेजस्तै एउटा कम्पनी नेपालीहरुलाई विदेश घुमाउन लैजान्छु भन्दै प्रचारप्रसार गरिएको छ । त्यो पनि दुबईमा १४ दिन क्वारेन्टाइन बस्ने ‘रिस्क’ बोकाएर । पाईलैपिच्छे कोरोनाको जोखिम बोकेर कम्पनीले अहिले दुबईको प्याकेज सार्वजनिक गरेको छ, जहाँबाट विदेश घुम्नजान जोखिममात्र महाजोखिम छ । 
पटक-पटक गर्नुपर्छ पीसीआर टेष्ट, पोजेटिभ देखिए १४ दिन क्वारेन्टाइन
यसै पनि नेपालमा गरिएको पीसीआर टेष्ट ठिक छ कि छैन भन्ने बहस वा आशंका निकै पहिलादेखि नै सुरु भएको हो । यदी तपाईं यो बेला दुबई घुम्न जानुहुन्छ भने तपाईंको दुबईको एयरपोर्टमासमेत पीसीआर टेष्ट हुन्छ । त्यहाँ तपाईंलाई पोजेटिभ देखायो भने, तपाईंको घुम्ने चाहाना त बर्बाद हुन्छ, हुन्छ, तपाईं १४ दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने हुन्छ । अर्काको देशमा गएर १४ दिन क्वारेन्टाइनमा बस्नुपर्यो भने घरमा कति तनाव हुन्छ होला, सोच्नुस् त ! कोरोना पोजेटिभ भएको खण्डमा तपाईंलाई इन्स्योरेन्सवापत १०० युरो दिने भन्दै यतिबेला वान ग्लोब ट्राभल कम्पनीका प्रतिनिधिहरुले फकाईरहेका छन् । तर तपाईंको ज्यान ठुलो कि दिनको १०० युरो ? के दिनको १०० युरोले तपाईंलाई पोजेटिभ भएको खण्डमा तपाईं विदेशमा क्वारेन्टाइन बस्दा तपाईंको घरमा हुने पीडालाई भरथेग गर्न सक्छ ? अवश्य सक्दैन । त्यसैले विचार गर्नुहोस्, यो ट्राभलको समय होइन, तपाईं पाईलैपिच्छे समस्यामा पर्न सक्नुहुनेछ ।

कम्पनीको ट्राभलमा लन्च र डिनर छैन, कोभिड मेनुले अत्याउनेछ तपाईंलाई… 
ट्राभल कम्पनीले बनाएको प्याकेजमा लन्च र डिनर छैन । यसो त अन्य प्याकेजमा पनि लन्च र डिनर हुँदैन । तर यसपाली तपाईं घुम्न जानुभयो भने तपाईंलाई हरेक पाइलामा कोरोनाको जोखिम पनि छ । किन कि होटलमा लन्च र डिनरको व्यवस्था नभएछि तपाईं बाहिर निस्केर खाने हो । यो कोरोना कहरका बीच उच्च जोखिमको काम हो । घुम्न जान्छु भन्दा तपाईंलाई कोरोना लाग्ने अधिक सम्भावना रहन्छ । एकातर्फ घुम्न गएपनि तपाईं खुलेर घुम्न सक्नुहुन्न, अर्कोतर्फ पाइलै पिच्छे डर नै डर छ । यस्तो घुमाइले तपाईंलाई आनन्द दिंदैन । दिन्छ त केवल तनाव, तनाव अनि तनाव । अर्कोतर्फ तपाईं फर्किंदा कतै कोरोना लागेको रैछ भने तपाईं फेरी क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । यसले तपाईंको समयको पनि बर्बाद गराउँछ । हुँदाखाँदाको शरीर घुम्न जान्छु भनेर गलत समयमा दुबई जाँदा तपाईंले ठुलो झमेलाको सिकार हुनुपर्ने देखिन्छ ।
यो घुम्ने समय होइन : विज्ञ
यसो त यस क्षेत्रका विज्ञहरु पनि सकेसम्म घुम्न विदेश ननिस्किन सुझाव दिन्छन् । लामो समय ट्राभल कम्पनीमा काम गरिरहेका एक व्यवसायी भन्छन्, ‘राज्यले यस्तो कामलाई दुरुत्साहन गर्नुपर्ने हो । यो बेला नेपालीहरुलाई विदेश लगेर कोरोनाको थप जोखिममा पार्ने होइन, बरु दुबईमा अलपत्र परेकाहरुलाई स्वदेश फर्काउने हो । यो समय भनेको कोरोना केहि होइन भन्ने शैलीमा विदेश घुम्न जाने होइन । यसरी विदेश घुम्न यो बेला जानु भनेको एकातर्फ जानाजानी कोरोनाको भुंग्रोमा हात हाल्नु हो भने अर्कोतर्फ दुबईमा बस्ने थुप्रै पीडीत नेपालीहरुलाई गिज्याएजस्तै हो । कोरोना सर्छ भनेर नेपालीहरुलाई आफ्नै देश आउनचाहिं हवाई नाका बन्द गर्ने अनि निश्चित कम्पनीको स्वार्थमा खुलेआम नेपालीलाई विदेश लगेर हुन्छ ?’
के भन्छ कम्पनी ?
यता कम्पनी भने आफ्नो यात्रा सुरक्षित रहेको रटान लगाउन छोड्दैन । अर्थ सरोकारको सम्पर्कमा आएका कम्पनीका सेल्स प्रतिनिधि सुशील सुवेदीले दुवइ कोरोनाका हिसाबले सुरक्षित रहेको दाबी गरे । तर स्थिति त्यस्तो छैन । दुबईमा पनि संक्रमितहरुको ठुलो संख्या छ । ‘कोरोना लाग्यो भने के गर्ने ?’ हाम्रो प्रश्नमा सुवेदीले सजिलै भने -उता जाँदा एयरपोर्टमा पीसीआर टेष्ट हुन्छ,म कोरोना देखायो भने घुम्न पाईदैन, क्वारेन्टाइनमा बस्नुपर्छ । तर दिनको १०० युरो इन्स्योरेन्सले दिन्छ ।’ अनि २ जना जाँदा एक जनालाई कोरोना देखियो, अर्कोलाई देखिएन भने के गर्ने ?’ उनी भान्छन्, कि एक जना घुम्न जाने, कि दुवै क्वारेन्टाइनमा बस्ने जसमा एक जनाको खर्च आफैंले व्यहोर्नुपर्छ ।’ ‘अनि फर्किंदा कोरोना लाग्यो भने के हुन्छ ?’ हाम्रो प्रश्नमा उनी भन्छन्- ‘त्यो बेला फेरी क्वारेन्टाइन बस्नुपर्छ। ‘ 
‘अनि यो त सार्है रिस्क भएन र ?’ हाम्रो प्रश्नमा उनी भन्छन्, ‘खासै रिस्क होइन । यो बेला विशेष प्याकेज ल्याएको हो, घुम्न जानुहोस्। ‘ ५ दिन ६ रातको १ लाख २९ हजार रुपैयाँ खर्च गरेर यस्तो जोखिम लिएर घुम्न जानुछ, अनि प्लेन चलेको छ त ? अहिले त उद्धारका फ्लाईटमात्र चलेको होइन ?’ हाम्रो प्रश्नमा उनी भन्छन्, ‘होइन ! सबै प्लेन सहज रुपमा चलेका छन्। ‘ जवकी उनले बोलेको झुट हो । सरकारले सबै खालका उडानलाई खुला गरेको छैन ।
दुबईमा बस्ने नेपाली भन्छन्, ‘दशा लागेकाहरुमात्र घुम्न आउने समय हो यो’
यस विषयमा हामीले दुबईमा नै बस्नेहरुलाई त्यहाँको बस्तुस्थिति सोधेका थियौं । ‘यो बेला दुबई घुम्न आउनु भनेको दशाले कुत्कुत्याउनुमात्र हो । यहाँ सार्है रिस्क छ । सहज रुपमा घुम्ने स्थिति छैन । भनेजस्तो होटलहरु उपलब्ध नहुन सक्छन् । अरु भ्रमण खर्च पनि महँगो पर्छ । अर्कोतर्फ कोरोनाको पाइला नै पिच्छे जोखिम छ । यस्तो बेला घरमै बस्नु ठिक हुन्छ ।’ दुवइमा बस्ने एक नेपाली ट्राभल विज्ञ भन्छन्-‘दशैं मनाउन घर नजाउ भन्ने सरकारले घुम्न विदेश जाउ भनेर अनुमति कसरी दिन सक्छ ? यो गम्भीर विषय हो। ‘ 
हामी यो प्रकरणमा निरन्तर फलोअपमा छौं… बाँकी  भोलि भाग २ मा…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: