Skip to content
LAXMI SUNRISE BANK

प्याजको मूल्यमा पुन: वृद्धि, थोक बजारमै प्रतिकिलो १ सय ३५ रुपैयाँ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा प्याजको मूल्यमा पुन: वृद्धि भएको छ । मंगलबार प्याजको मूल्य औसतमा सोमबारको तुलनामा प्रतिकिलो १४ रुपैयाँले बढेको छ।
कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य मंगलबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ। मंगलबारको लागि औसत मूल्य भने प्रतिकेजी १ सय ३२ रुपैयाँ तोकिएको छ।
सोमबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकेजी औसतमा १ सय १८ रुपैयाँ रहेको थियो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK