×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा सक्रिय लगानीकर्ताको संख्या बढ्यो, अनलाइनबाट सेयर खरिदबिक्री गर्नेको संख्यामा पनि बढोत्तरी !

PRIME CA

सेयर बजारमा सक्रिय लगानीकर्ताको संख्या बढ्यो, अनलाइनबाट सेयर खरिदबिक्री गर्नेको संख्यामा पनि बढोत्तरी !

अर्थ सरोकार

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । पछिल्लो समय नेपालको सेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेको छ । प्रविधिको प्रयोग बढ्न थालेसंगै सक्रिय लगानीकर्ताहरुको संख्या पनि बढेको छ । पछिल्लो एक महिनामा तथ्यांकलाई आधार मान्दा अनलाइनमार्फत सेयर कारोबार गर्ने र युजर लिनेको संख्या झन्डै दोब्बर पुगेको छ ।  ।
अहिले दोस्रो बजारमा सक्रिय सेयर लगानीकर्ताको संख्या ३ लाख ३७ हजार ३६० जना पुगेको छ । यसमध्ये १ लाख २० हजार ४९९ जनाले अनलाइनमार्फत सेयर कारोबार गरिरहेका छन् । नेपालमा १५ लाख भन्दा बढी सेयर लगानीकर्ता रहेको अनुमान छ । १५ लाख लगानीकर्तामध्ये अधिकाशले जसोले प्राथमिक बजारबाट आइपीओ मात्रै भर्ने गरेका छन् । 
तर ३ लाख ३७ हजार भन्दा बढीले सक्रिय रुपमा दोस्रो बजारमा कारोबार गरिरहेको नेप्सेले जनाएको छ । जसमा १ लाख २० हजारभन्दा बढीले अनलाइन प्रणाली नै प्रयोग गरिरहेका छन् । सबैभन्दा धेरै सक्रिय लगानीकर्ता ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीमा रहेका छन् ।  उक्त कम्पनीका १७ हजार ७ सय ५१ जना सक्रिय लगानीकर्ता छन् । अनलाइन प्रयोगकर्ताको हकमा भने सबैभन्दा धेरै नासा सेक्युरिटिजको रहेको छ । नासा सेक्युरिटिज अनलाइन कारोबार गर्नेहरु १० हजार ७९० छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: