
- अर्थ सरोकार सम्बाददाता
पाल्पा । पाल्पामा सोमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा तानसेन नगरपालिका ९ जना, रामपुर नगरपालिका र रिब्दिकोट गाउँपालिकाका एकर एक जना र अस्पताल तथा अन्य जिल्लाका एक जना रहेका छन । जसमा छ जना पुरुष र छ जना महिला रहेका छन ।
सबै समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यो सहित कोरोना संक्रमितको कुल संख्या ७ सय ६९ पुगेको छ । संक्रमितमध्ये ६ सय ९५ जना निको भएर घर फर्किएका छन् । कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ ।