
पाँचथर । पाँचथर जिल्लाको राँके स्थायी घर भएका कृष्णकुमार नेम्वाङ दम्पती रोशी गाउँपालिका वडा नं ९ रजबासमा असेर खुवा घोट्ने काम गर्दै आउनुभएको छ । एक वर्ष अगाडिदेखि काम गर्दै आउनुभएका उहाँहरुको काम दैनिकरूपमा दूध भर्ने र खुवा घोट्ने हो । पहिला पनि मजदुरी नै गरेर जीवन गुजारा गर्दै आउनुभएका उहाँहरु रजबासकै स्थानीयसँग चिनजान भएपछि कामको सिलसिलामा सो ठाउँमा आइपुगेको बताउनुभयो ।
अहिले नेम्वाङ दम्पती घोटेको खुवा व्यवस्थित ढङ्गले राख्ने, दूध घोट्ने र दाउराको व्यवस्थापन गर्न लगाउने हो । “कहिलेकाहीँ अलि लामो समयसम्म गाडी नचलेको बेला चुर्पी बनाएर सुकाउने गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्ममा काम राम्रै चलिरहेको भए पनि कोरोनाको कारण बजारीकरणमा समस्या भएको भन्ने कुरा आएको छ ।” खुवा उत्पादन केन्द्रमा खासै समस्या नभए पनि बिक्रीका लागि समयमा व्यवस्था नहुँदा समस्या निम्तिने गरेको उहाँ बताउनुहुन्छ । खुवा केन्द्र सञ्चालक अनेत्र बसे पनि आफूहरुले कोरोना कहरकै बीचमा काम गरिरहेको उहाँले बताउनुभयो । सो ठाउँमा दैनिक १०० लिटरदेखि १५० लिटरसम्म दूध सङ्कलन हुने गरेको नेम्वाङले बताउनुभयो ।
रोशी गाउँपालिका वडा नं ३ मसराङ्गी घर भएका राजकुमार थापा मगरले सो ठाउँमा दुई वर्ष अगाडिदेखि खुवा केन्द्र सञ्चालन गर्दै आइरहुनभएको छ । केन्द्र सञ्चालनसँगै केही व्यक्तिलाई रोजगारीसमेत दिँदै आउनुभएका उहाँ पछिल्लो समयमा कोरोना महामारीको समस्याका कारण व्यवसाय सङ्कटमा परेको बताउनुभयो । कोरोना सङ्क्रमणकै कारण विसं २०६० देखि आफ्नै गाउँ मसराङ्गीमा सञ्चालन गर्दै आएको खुवा उत्पादन केन्द्र बन्द भएको सात महिना भएको उहाँले बताउनुभयो । उत्पादन भएको खुवा बजारसम्म लैजाने माध्यम नभएको र कहिलेकाहीँ बजारसम्म लगे पनि बिक्री वितरणमा समस्या आएपछि बन्द गर्नुपरेको थियो । उत्पादन भएको खुवा नियमितरूपमा बनेपामा ठेकेदारलाई दिने गरेको भए पनि बजार ठप्प भएका कारण पछिल्लो समयमा बिक्री नै नभएको उहाँले बताउनुभयो ।
सो ठाउँमा पनि उहाँले दैनिक खुवा घोट्ने दुई जनासहित दाउरा ओसार्नेहरु गरी चार÷पाँच जनालाई रोजगारी दिँदै आउनुभएको थियो । खुवा उत्पादन बन्द भएसँगै पाँच जनाको रोजगारीसमेत गुमेको उहाँले बताउनुभयो । “व्यवसाय राम्रो चले पनि कोरोनाको कारण व्यवसाय सङ्कटमा परेको छ”, उहाँले भन्नुभयो, “अब पहिलाकै अवस्थामा ल्याउन धेरै कष्ट गर्नुपर्छ । सो ठाउँमा उहाँले रु ६० हजार लगानीमा खुवा उत्पादन केन्द्र शुरु गर्नुभएको थियो । रजबासमा भने रु ३५ लाख लागतमा खुवा उत्पादन केन्द्र स्थापना गरेको थापा मगरले बताउनुभयो । दुई ठाउँमध्ये रजवासको भने जसोतसो सञ्चालन भइरहेको उहाँको भनाइ छ । यसअघि त्यहाँ उत्पादन भएको खुवा चिस्यान केन्द्रमा राखेको अवस्थामा राम्रो व्यवस्थापन मिलाउन नसक्दा बिग्रेपछि बङ्गुरलाई दिनुपरेको उहाँले बताउनुभयो । अहिले पछिल्लो समयमा रजबासमा थोरै मात्रमा खुवा बनाएर अरु छुर्पी बनाएर राखेको उहाँले बताउनुभयो ।
जिल्लाको विकट गाउँमा व्यवस्थापनको हिसाबले दूध डेरीभन्दा खुवा व्यवसाय फस्टाएको छ । दूध डेरीमा भन्दा खुवा उत्पादन केन्द्रमा ६० पैसा बढी दिए पनि किसान खुशीका साथ खुवा बनाउने ठाउँमा दूध बेच्ने हुँदा खुवाको बजारीकरणको समस्याले व्यवसायी सङ्कटमा परेको बताउँछन् ।–रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्