×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तरकारी बिक्रीका लागि बजारतिर जादै महिला, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : तरकारी बिक्रीका लागि बजारतिर जादै महिला, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले  तरकारी बिक्रीका लागि बजारतिर जादै महिलादेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार : 
बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका एक महिला किसान बिक्रीका लागि तरकारी डोकोमा राखेर बजारतिर लैजाँदैं । गुरुखोला तरकारीको पकेट क्षेत्र हो । 
झलारी बजारको पूर्व पश्चिम राजमार्ग छेउमा बसेर पुराना जुत्ता सिउँदै गरेका सार्की समुदायका व्यक्ति । परम्परागतरुपमा जुत्ता सिउने बनाउने पेशामा संलग्न सार्की समुदायको नयाँ पिंढी पेशा छाडदै जान थालेका छन् । 
बागलुङको गलकोट नगरपालिका–७ मल्मकी महिला बारीमा कोदो काट्दै । किसानलाई यतिबेला धान र कोदो भित्राउने चटारो छ । 
तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पाफाँटमा व्यावसायिकरुपमा पालिएका उन्नत जातका होलेस्टिन र जर्सी गाई ।
धनगढी उपमहानगरपालिका–५ मा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतको सडक निर्माणको काम शुरु हुने भएपछि सडक क्षेत्रधिकार भित्र पर्ने दुई सटरसहित चार कोठाको पक्की भवन भत्काउँदै सोही ठाँउका एक स्थानिय । उपमहानगरपालिकाले सडक क्षेत्रधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रुपमा सम्मान गर्ने, भत्काएको भागको नक्सा पासमा कर छुट गर्ने र सोही भागमा रङ्गरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको बताइएको छ । 
शुक्लाफाँटा नगरपालिका–३ का किसानले टनेलमा गरेको टमाटर खेती । टनेलमा टमाटर खेती गरेर यस क्षेत्रका दुई दर्जन बढी किसानले गतिलो आम्दानी लिंदै आएका छन् ।
भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डुका किसान धान काट्दै ।
गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलस्थित चराउन लैजाँदै गरेका बाख्रा । आजकाल नागरिकहरु व्यावसायिक बाख्र्रापालनतर्फ आकर्षित भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: