×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : जिविकोपार्जन गर्न डोको बुन्दै ज्येष्ठ नागरिक, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले जिविकोपार्जन गर्न डोको बुन्दै ज्येष्ठ नागरिकदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार : 
पोखरा महानगरपालिका–३३ बागमारामा डोको बुन्दै ज्येष्ठ नागरिक ।
मेशिनबाट धान काट्दै ओखलढुङ्गाको टोक्सेलका एक किसान । गाउँपालिकाको सहयोगमा गाउँमा आधुनिक मेशिन उपलब्ध गएपछि पहाडका किसानले पनि मेशिनको प्रयोग गरेर बालीभित्र्याउन थालेका छन् ।
रामपुर नगरपालिकाको ५ कोइलीटारी बस्ने चुनिसरा बिरकट्टा आयस्रोतका लागि बोइलर कुखुरापालन व्यवसाय शुरु । अहिले गाउँघरमा महिलाले घरायसी कामधन्दासँगै कुखुरापालन व्यवसाय थालनी गर्न थालेका छन् । 
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा धान भित्र्याउँदै कृषक र पृष्ठिभूमिमा देखिएको गुर्जा हिमाल । 
धनगढी उपमहानगरपालिका–२ स्थित शिखर टोल नजिकै एक स्थानीय किसानले व्यावसायिकरुपमा खेतबारीमा उमारेको विभिन्न तरकारीका बेर्ना । बेर्ना बिक्री गरेरै ती किसानले मनग्य आम्दानी गर्दै आएको बताएका छन । 
कञ्चनपुरको पिपलाडीका महिला खेतमा लगाएको काउली खेती देखाउँदै । बेमौसमी काउली खेती गरेर यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् ।
बैतडीको पाटन–पञ्चेश्वर सडकको किनारमा छाडिएका बाख्रा । घरपालुुवा जनावर जथाभावी सडकमा छोड्दा दुर्घटनाको जोखिम बढेको छ । 
तनहुँको व्यासनगरपालिका–१ भादगाउँस्थित पुरानो छाला फ्याक्ट्री नजिक रहेको छाब्दीबाराही अर्गानिक बहुउद्धेश्यीय प्रालि फर्मका सञ्चालकहरु भैंसीको रेखदेख गर्दै । उक्त फर्मबाट दैनिक १३० लिटर दूध फर्मबाटै बिक्री हुने गरेको बताइएको छ । 
बेलौरी नगरपालिकाका किसान मेसिनको प्रयोग गरी आलु रोप्दै । कृषि कार्यमा मेसिनमो प्रयोग हुन थालेपछि लागत खर्च घटन थालेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: