
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
ललितपुरको जावालाखेलमा शुक्रबार खाद्य संस्थान र साल्ट ट्रेड्रिङ्ग कर्पोरेशन लिमिटेडले चार्डपर्वलाई लक्ष्यित गरी खुलेको सहुलियत पसलमा उपभोग्य खाद्य सामग्री खरिद गरेर ल्याउँदै उपभोक्ता ।

बर्दिया जिल्लाको मालपोत कार्यालय, गुलरियामा सेवा लिनेको भिड ।




छालाको जुत्ता निर्माण गर्दै जुम्लाको तातोपानी गाउँपालिका– ४ का नन्दे सार्की । सो व्यावसायिकबाट छोराछोरीको उच्च शिक्षादेखि घरखर्च चलेको बताउनुभयो ।




