×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

Artha Sarokar

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । आज थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
आज संक्रमण पुष्टी हुनेमा लम्जुङका ११, तनहुँका तीन र कास्कीका दुई जना छन् । सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भईरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी