×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिए, श्रम स्वीकृतिका लागि काठमाडौं आउनु पर्ने अवस्थाको अन्त्य ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिए, श्रम स्वीकृतिका लागि काठमाडौं आउनु पर्ने अवस्थाको अन्त्य ! (भिडियो रिपोर्ट)

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

पोखरा । विश्वमहामारीका रुपमा फैलिएको कारोना भाइरस कोभिड १९ को कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भएपनि कोरोना कहरकाबीच ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन । 
चालु आर्थिक वर्ष २०७७/७८ साउनमा मात्रै ४ सय २६ जना पुरुष र ६ जना महिलाले स्वीकृति लिएका छन । यस्तै भदौमा पुरुष २ सय १ र महिला ८ जनाले स्वीकृति लिएका छन भने आश्विन १४ गतेसम्म पुरुष १ सय ८३ र महिला २ जना गरी कुल ८ सय २६ जनाले पोखरावाट पुनः श्रम स्वीकृति लिएको श्रम तथा वैदेशिक रोजगार कार्यालय, पोखराका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताउनुभयो ।
यसअघि प्रतिदिन एकसयको हाराहारीमा सेवाग्राीहले पुनः श्रम स्वीकृति लिने गरेकोमा अहिले कोरोनाका कारण केही संख्या कम भएको उहाँले बताउनुभयो । कोेभिड संक्रमणको जोखिम जारी भएको लक डाउनका कारण ६ महिनासम्म सेवाग्राहीले सेवा लिन नपाएकोमा अझै संख्या बढ्न सक्ने उहाँले बताउनुभयो । कार्यालय स्थापनासँगै गण्डकी प्रदेशसहित आसपासका बासिन्दालाई श्रम स्वीकृतिका लागि काठमाडौं जानु नपर्ने बाध्यतालाई मध्यनजर गर्दै पोखरावाट पुनः श्रम स्वीकृति हुने भएकाले सेवाग्राहीलाई सहज भएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: